जराथुस्त्र केही हतारमा थियो- उसलाई सायद कुनै महत्त्वपूर्ण समाचार सुनाउनु थियो । जराथुस्त्रका सम्बन्धमा तपाईं-हामी परिचित नै छौं । तीस वर्षो उमेरमा आफ्नो गृह/पोखरी/बगैंचा इत्यादि त्यागी ऊ पहाड उक्ल्यो । त्यहां नाम चलेका निर्जन गुफाहरूमा उसले वर्षौं ध्यान गर्यो । भनिन्छ, कुनै आधिभौतिक शुभघडीमा उसलाई ज्ञानको उपलब्ध भयो- उसलाई प्राप्त भएको ज्ञान ऊभित्र मात्रै रहनु अवश्य दुःखदायी कुरा थियो । त्यसैले आफ्नो गुप्त एकान्तवासलाई त्यागी ऊ जङ्गलको बाटो हुदै पहाडबाट ओर्लिरहेको थियो । उसले मान्छे नदेखेको युग भइसकेको थियो ।...
त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ । -हिउंदमा मात्र होइन बर्खामा पनि यो नाङ्गै रहन्छ । अरू वरिपरिका बाग-बगैंचा र उपवनहरूका रूख बुटयानहरूमा हरिया पालुवा फुट्ता यसमा हरियोको किञ्चित् आभाससम्म हुन्न । यो...
हजार पीडाहरूको माया लागेर आउंछ हजार सपनाहरूको माया लागेर आउंछ बांच्ने रहरजस्तो फेरि भएर आउंछ रइश्वरवल्लभ उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्दगी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई नै माया गर्यो र नभएको वर्तमानको...
दुइ वर्षघि सुजन सोन्टयागको देहान्त हुनासाथ कवि-लेखक-चिन्तकको संसार समवेदनाले तरङ्गित भएको थियो । यी महान अमेरिकी लेखिका, चिन्तक र निर्भीक मानवतावादीको अवसानमा नेपाली सञ्चारमाध्यमले पनि धेरै दुःख प्रकट गरेका थिए । त्यसैबेला मैले पनि सुजनका बारेमा लेख्ने विचार गरेको थिए“, तर केले अल्झायो, सकिन । विश्वभरिका सिर्जनशील लेखकहरूको साझा संस्था पेन इन्टरनेसनलको अमेरिकी च्याप्टरकी अध्यक्षसमेत भएकी सुजनको ७१ वर्षा निधन भएको थियो । उनी विश्वभरकै साहित्यकारलाई प्रेमले पढ्थिन् । राजनीतिमा समेत गहिरो चाख भएकी सुजनबारे लेख्न पाए नेपाली नरनारीलाई प्रोत्साहन...
पृष्ठभूमिः -आदरणीय पाठकवृन्द यो काठमाडौँको कुनै एक टिभी च्यानलबाट प्रसारण हुने अत्यधिक लोकप्रिय कार्यक्रम हो । आ-आफ्नो जवानीलाई पैसामा छोल्ने र बुढ्यौली लागेपछि एक अर्कालाई मोल्ने एक अधबैंसे जोडीले यस कार्यक्रमको प्रायोजन गर्नुभएको छ । उहाँहरू हुँदोखाँदो उमेरजति बाहिर बिताउने र छाला चाउरेपछि गैर ओछेन तताउने वर्गका पर्नुभएकाले उहाँहरूले बिहे -यसलाई नाटक भन्न उपयुक्त होला) गरेको तीन महिनामै सम्बन्ध विच्छेद गर्नुपर्यो । त्यसैगरी, कार्यक्रम सञ्चालक/सञ्चालिका जसलाई आजभोलि भिजे -भिडियो जक्की भनिन्छ क्यार) म चाहिँ पिजे -पोजदिने जक्की) र एमजे -मोडलिङ्ग...
“नेपालीमा सबै भन्दा बढी कल्ले पायो होला?” मिसले सोध्नु भयो। बिभिन्न विद्दार्थीका नाम अगाडी आए। आफ्नो नाम अगाडी नआएकोमा मेरो अलिअलि चित्त पनि दुख्यो। सबै भन्दा बढी मेरै आएको रहेछ- ९५। कक्षा ३को कुरा हो।
नेपालीमा अङ्क त्यती धेरै त कहिल्यै आएन। शायद सम्भव पनि थिएन। तर नेपाली कक्षा रमाइलो हुन नसके पनि नेपाली विषयलाई त कहिल्यै हेला गरिँन। तर पनि, (नढाँडी भन्दा) नेपाली शिक्षकहरूले कहिल्यै पनि अङ्ग्रेजी शिक्षकले जस्तो उत्साह म मा जन्माउन सकेनन्। हुन त किताबै पनि कहाँका गतिला थिए त। पढ्ने पर्थ्यो केबल जीवनी र निबन्धहरू। र...
मन भक्कानिन्छ, छट्पटिन्छ, अनि अत्ताल्लिन्छ, एक्लै छु यो कोलहल भित्रको एकलास चिथोरिरहन्छ । हासेर हसिदैन बरु रोएरै शन्त हुन सजिलो छ, मुटु सुकेको छ, टुकिरहन्छ, आँखा भिजेको छ चुहिरहन्छ, बस् दिन चर्या यस्तै छ के भन्नु? तर तिमी त सोध्न छोड्दिनौ " साथी! के छ?" भो छोड, केही समय छ भने केही लेखेर पठाउ न! बस्
समय कालीगण्डकी बनेर बगिरहेछ, तर मन सधैं बगर झै छ, अब बग्ने रहर छ एकनास । कति सुक्नु एक्लै! फेरी नयाँ...
- ओहो, कस्तो मँहगी । यो महगीले त अकाशै छुन्छ कि क्या हो ? - तँ धनी बाउको छोरो भएर त्यस्तो कुरा गर्न सुँहाउदैन यार । मार त हामीलाई पो परेको छ । - अँ, धनीका घरमा त रुपैया फल्ने रुख होलान् नि । चट्ट टिप्यो, ल्यायो । यहाँ बाउ रुपैया पठाउँदा पठाउँदा दिक्कै भै सके । - म जस्तै जागिर खोज्न शुरु गर न त । - तैंले भन्या पनि ठीकै हो । तर बाउले जागिर खान दिदैन ।...
[More]
सुनिरहेको छु म, उनी मेरी श्रीमतीसित खासखुस खासखुस कुरा गर्दै छिन् । म सुन्ने प्रयत्नमा कान उतैतिर फर्काउँछु तर अहँ बोली धेरै मधुरो छ । कोसिस गर्दा पनि भेऊ पाउन सकिन मैले के को खासखुस हो यो - म पछाडिको कोठामा थिएँ । अगाडि थिए उनीहरू । "दाजु हुनुहुन्न नि ! दाजु भए त केही पीर नै थिएन मलाई !" यो उच्च स्वर थियो । सायद उनी सुनाउन नै बोल्दै थिइन् । दाजु अर्थात् मेरी श्रीमतीको गोरू बेचेको साइनोका दाजु...
[More]
पुण्यमुनी गुभाजु अमेरिका गएको पाँच वर्षभयो । छोरालाई अमेरिका जाने चिट्ठा परेको समाचारले ग्यानमुनी गुभाजुको हर्षो सीमा रहेन । उनलाई आफ्नो शरीरमा पँखेटा पलाएझैँ लाग्यो । उनी आफ्नो थोत्रो घरबाट उडेर सातौँ र्स्वर्गमा पुगे । त्यहाँका गगनचुम्बी महलहरूबाट तलतिर हर्ेदा सयौँ हजार वाहनहरू गुडिरहेको देखेँ । फराकिला र उज्याला सडकका दुवै किनारका बगैँचा र चउरहरूमा अनन्त पुष्प व्याड र बालवृक्षहरू देखेँ । रातको अँध्यारोमा सहरमा झलझलाकार बलेका असङ्ख्य बत्तीहरूले उनका आँखा तिरमिराए । उनलाई र्स्वर्गका राजा इन्द्रले पनि स्पर्धा गर्न...
[More]
उत्पातै महँगो "मद्रास ल्याम्ब" मासु खान बस्दा मैले आज एउटा मान्छे भेटेँ। सुरुमा ऊ मबाट तर्कन खोज्यो तर उसको इन्डियन बोसले त्यो थाहा पाइहाल्यो। त्यसले मलाई भन्यो- "ऊ पनि नेपाली नै हो।" स्वाभाविक रूपले म खिस्स हाँसेँ। मैले दरोखरो हात मिलाउन खोजे पनि उसको हात लुलो थियो। उसले बनावटी नम्रता ल्याएर कुरा गर्यो- विश्वविद्यालयमा केही नेपाली विद्यार्थीहरू छन्, यहाँ दुईचार नेपाली परिवार बस्छन्। सिङ्गापुरबाट आएका केही ठिटाहरू यहाँ होटलमा काम गर्छन् अचेल। अबैध ढङ्गले आउनेले यहाँ काम पाउन वा गर्न...
[More]
Posted at: 07:45 PM | 1 Comment | Add Comment | Permalink
सन्तोष सापकोटा अनि अ-सन्तोष मन
January 14, 2007
आज धेरै दिन पछी साथी सन्तोष सापकोटा लाई च्याट मा भेटे । निकै खुशी लाग्यो । मन मा परदेश बस्नु को पिडा पोखिएकै छ । धमिलो छ मन,जती आन्सु ले धोए पनि पखालीदैन । केही सुकेका घाउ बल्झिए केही खुशी का त्यान्द्रा सल्बलिए मन भरि । म नेपाली साथी हरुलाई कमै मात्र भेट्छु, आज उसलाई भेट्दा एक पल्ट फेरी म्याग्दी क्याम्पस म बेलाउती अनि आप खाएको सम्झना रु मल्लियो मन भरि । कछा कोठा मा क्यारेम खेलेको अनि बोगटी...
[More]