Search the Web
मुख्य पाना

मेरो साहित्य.कम

हेलो, ज्याक्स डेरिडा

April 20, 2007

जराथुस्त्र केही हतारमा थियो-
उसलाई सायद कुनै महत्त्वपूर्ण समाचार सुनाउनु थियो ।
जराथुस्त्रका सम्बन्धमा तपाईं-हामी परिचित नै छौं । तीस वर्षो उमेरमा आफ्नो गृह/पोखरी/बगैंचा इत्यादि त्यागी ऊ पहाड उक्ल्यो । त्यहां नाम चलेका निर्जन गुफाहरूमा उसले वर्षौं ध्यान गर्यो ।
भनिन्छ,
कुनै आधिभौतिक शुभघडीमा
उसलाई ज्ञानको उपलब्ध भयो-
उसलाई प्राप्त भएको ज्ञान ऊभित्र मात्रै रहनु अवश्य दुःखदायी कुरा थियो । त्यसैले आफ्नो गुप्त एकान्तवासलाई त्यागी ऊ जङ्गलको बाटो हुदै पहाडबाट ओर्लिरहेको थियो ।
उसले मान्छे नदेखेको युग भइसकेको थियो ।...

[More]

Tags: katha


Posted at: 09:20 AM | 0 Comments | Add Comment | Permalink

नाङ्गो रूख

April 20, 2007

त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ ।
-हिउंदमा मात्र होइन बर्खामा पनि यो नाङ्गै रहन्छ । अरू वरिपरिका बाग-बगैंचा र उपवनहरूका रूख बुटयानहरूमा हरिया पालुवा फुट्ता यसमा हरियोको किञ्चित् आभाससम्म हुन्न । यो...

[More]

Tags: katha


Posted at: 09:15 AM | 0 Comments | Add Comment | Permalink

हजार पीडाहरूको माया लागेर आउंछ

April 20, 2007

हजार पीडाहरूको माया लागेर आउंछ हजार सपनाहरूको माया लागेर आउंछ बांच्ने रहरजस्तो फेरि भएर आउंछ रइश्वरवल्लभ उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्दगी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई नै माया गर्यो र नभएको वर्तमानको...

[More]

Tags: nibandh


Posted at: 09:06 AM | 0 Comments | Add Comment | Permalink

उपन्यास लेख्नु प्रेममा डुब्नुजस्तै

April 12, 2007

दुइ वर्षघि सुजन सोन्टयागको देहान्त हुनासाथ कवि-लेखक-चिन्तकको संसार समवेदनाले तरङ्गित भएको थियो । यी महान अमेरिकी लेखिका, चिन्तक र निर्भीक मानवतावादीको अवसानमा नेपाली सञ्चारमाध्यमले पनि धेरै दुःख प्रकट गरेका थिए । त्यसैबेला मैले पनि सुजनका बारेमा लेख्ने विचार गरेको थिए“, तर केले अल्झायो, सकिन ।
विश्वभरिका सिर्जनशील लेखकहरूको साझा संस्था पेन इन्टरनेसनलको अमेरिकी च्याप्टरकी अध्यक्षसमेत भएकी सुजनको ७१ वर्षा निधन भएको थियो । उनी विश्वभरकै साहित्यकारलाई प्रेमले पढ्थिन् । राजनीतिमा समेत गहिरो चाख भएकी सुजनबारे लेख्न पाए नेपाली नरनारीलाई प्रोत्साहन...
[More]
Posted at: 10:20 PM | 0 Comments | Add Comment | Permalink

झटारो

March 7, 2007

पृष्ठभूमिः -आदरणीय पाठकवृन्द यो काठमाडौँको कुनै एक टिभी च्यानलबाट प्रसारण हुने अत्यधिक लोकप्रिय कार्यक्रम हो । आ-आफ्नो जवानीलाई पैसामा छोल्ने र बुढ्यौली लागेपछि एक अर्कालाई मोल्ने एक अधबैंसे जोडीले यस कार्यक्रमको प्रायोजन गर्नुभएको छ । उहाँहरू हुँदोखाँदो उमेरजति बाहिर बिताउने र छाला चाउरेपछि गैर ओछेन तताउने वर्गका पर्नुभएकाले उहाँहरूले बिहे -यसलाई नाटक भन्न उपयुक्त होला) गरेको तीन महिनामै सम्बन्ध विच्छेद गर्नुपर्‍यो । त्यसैगरी, कार्यक्रम सञ्चालक/सञ्चालिका जसलाई आजभोलि भिजे -भिडियो जक्की भनिन्छ क्यार) म चाहिँ पिजे -पोजदिने जक्की) र एमजे -मोडलिङ्ग...

[More]

Tags: katha


Posted at: 07:19 PM | 0 Comments | Add Comment | Permalink

a

March 4, 2007

a
Posted at: 10:33 PM | 0 Comments | Add Comment | Permalink

गजल

February 23, 2007

मेरो माया देवता लाई चढायको फुल सानु,
मुटु माझ बिझाउने नसमझिनु सुल सानु !
बर्तमान पो लथालिङ्ग, भविस्य त बन्न सक्छ,
मेरो जिवन भाचियको नसमझिनु पुल सानु !
यहि पुल ले तराउछ तिम्रो मेरो जिवन लाई,
मा सङ्ग माया लाउनु नसमझिनु भुल सानु !
मेरो माया तिमिलाई सदा सदा अजम्बरि,
पिर्ति गासि छाडि जाने नसमझिनु हुल सानु !
टोप लाल अधिकारि
स्यङ्जा, हाल्: दोहा,कतार

Tags: sathiko kura


Posted at: 09:49 PM | 0 Comments | Add Comment | Permalink

गजल

February 23, 2007

पनि परेको साँझमा  मजाले मदिरा पियो उसले
आफु अघायो बचेको मदिरा मलाई दियो उसले
बिचराले मलाई आकाश,पाताल जोडेर संझायो
बिश्वास गर हातमा चुरोट छ भन्दै थियो उसले
मैले उसको सबै नै कुरा टाउको हल्लाउँदै  सुनें
तिमीलाई भेट्छु भनेर मेरो ठेगाना लियो
अकस्मात् लौ हल्ला गर्ने जमात भट्टिमा प्रवेस गर्žयो
अनि त नजानिदो पारामा आफ्नो मुख सियो उसले
आखिर 'शान्त' जिलखाएँ उसको सबै कुरा सुनेर
कसरी नशामा डुबेर पाँच दशक जियो उसले ।
शान्तराम थापामगर
कलंकीस्थान-१४, काठमाडौं
हाल; दुबई, युएई.

Posted at: 09:49 PM | 0 Comments | Add Comment | Permalink

गजल

February 23, 2007

मटितेल खनायेर जल्न परे जल्छु बरु,
माया देउ रुखै मथि फल्नु परे फल्छु बरु !
अर्ध पागल भये म त एकतर्फि माया बस्दा ,
धन कमाउन आजै बिदेस चल्न परे चल्छु बरु !
डर लाग्छ अनायासै तिम्रो बाबा आमा देख्दा,
तर पनि गयर पाउ मोल्न परे मोल्छु बरु !
सकरात्मक जवाफ देउ पर्न गर्यो "टोप लाल" ले
के गरौ म गोलि हान्देउ ढल्न परे ढल्छु बरु !

टोप लाल अधिकारि
स्यङ्जा, हाल्: दोहा,कतार

Tags: sathiko kura


Posted at: 09:49 PM | 0 Comments | Add Comment | Permalink

गजल

February 23, 2007

एकान्त मा बस्दा बस्दा सधैं बेहोसी मा हराये म
आफ्नै छाया सङग आज कुन्नि किन डराये म ! 

नसोचेको हुन्छ कैले दिउसो लाग्ने घाम पनि
आभागीले सागर पनि घरि घरि तर्नु पर्ने !

लेखान्तले बिर्सियो कि मेटिएको कर्म यस्तो 
रहर हैन भात्कियको पुल बाट यात्रा गर्नु पर्ने !

आहै आह को जिन्दगी मा सुन्दर जीवन मिल्छ कसलाई
पिन्जडाको चरी झै सधै बिलौना मा कुर्नु पर्ने !

टोप लाल अधिकारि
स्यङ्जा, हाल्: दोहा,कतार

Tags: sathiko kura


Posted at: 09:46 PM | 0 Comments | Add Comment | Permalink

नेपाली कक्षा

February 23, 2007

“नेपालीमा सबै भन्दा बढी कल्ले पायो होला?” मिसले सोध्नु भयो।
बिभिन्न विद्दार्थीका नाम अगाडी आए। आफ्नो नाम अगाडी नआएकोमा मेरो अलिअलि चित्त पनि दुख्यो। सबै भन्दा बढी मेरै आएको रहेछ- ९५। कक्षा ३को कुरा हो।

नेपालीमा अङ्क त्यती धेरै त कहिल्यै आएन। शायद सम्भव पनि थिएन। तर नेपाली कक्षा रमाइलो हुन नसके पनि नेपाली विषयलाई त कहिल्यै हेला गरिँन। तर पनि, (नढाँडी भन्दा) नेपाली शिक्षकहरूले कहिल्यै पनि अङ्ग्रेजी शिक्षकले जस्तो उत्साह म मा जन्माउन सकेनन्। हुन त किताबै पनि कहाँका गतिला थिए त। पढ्ने पर्थ्यो केबल जीवनी र निबन्धहरू। र...

[More]

Tags: katha


Posted at: 09:36 PM | 1 Comment | Add Comment | Permalink

" साथी! के छ?"

February 7, 2007

        मन भक्कानिन्छ, छट्पटिन्छ, अनि अत्ताल्लिन्छ, एक्लै छु यो कोलहल भित्रको एकलास चिथोरिरहन्छ । हासेर हसिदैन बरु रोएरै शन्त हुन सजिलो छ, मुटु सुकेको छ, टुकिरहन्छ, आँखा भिजेको छ चुहिरहन्छ, बस् दिन चर्या यस्तै छ के भन्नु? तर तिमी त सोध्न छोड्दिनौ " साथी! के छ?" भो छोड, केही समय छ भने केही लेखेर पठाउ न! बस्

       समय कालीगण्डकी बनेर बगिरहेछ, तर मन सधैं बगर झै छ, अब बग्ने रहर छ एकनास । कति सुक्नु एक्लै!  फेरी नयाँ...

[More]

Tags: manaka kura


Posted at: 07:55 PM | 1 Comment | Add Comment | Permalink

My Faverete music Video- TEMPRETURE

February 4, 2007

If U R Not Seeing This video Please Click Here.

Tags: music video


Posted at: 11:38 AM | 0 Comments | Add Comment | Permalink

हेल्मेट (कृष्णराज र्सवहारी)

February 4, 2007

- ओहो, कस्तो मँहगी । यो महगीले त अकाशै छुन्छ कि क्या हो ?
- तँ धनी बाउको छोरो भएर त्यस्तो कुरा गर्न सुँहाउदैन यार । मार त हामीलाई पो परेको छ ।
- अँ, धनीका घरमा त रुपैया फल्ने रुख होलान् नि । चट्ट टिप्यो, ल्यायो । यहाँ बाउ रुपैया पठाउँदा पठाउँदा दिक्कै भै सके ।
- म जस्तै जागिर खोज्न शुरु गर न त ।
- तैंले भन्या पनि ठीकै हो । तर बाउले जागिर खान दिदैन ।... [More]

Tags: katha


Posted at: 11:35 AM | 0 Comments | Add Comment | Permalink

इष्टभित्र

February 4, 2007

सुनिरहेको छु म, उनी मेरी श्रीमतीसित खासखुस खासखुस कुरा गर्दै छिन् । म सुन्ने प्रयत्नमा कान उतैतिर फर्काउँछु तर अहँ बोली धेरै मधुरो छ । कोसिस गर्दा पनि भेऊ पाउन सकिन मैले के को खासखुस हो यो - म पछाडिको कोठामा थिएँ । अगाडि थिए उनीहरू । "दाजु हुनुहुन्न नि ! दाजु भए त केही पीर नै थिएन मलाई !" यो उच्च स्वर थियो । सायद उनी सुनाउन नै बोल्दै थिइन् । दाजु अर्थात् मेरी श्रीमतीको गोरू बेचेको साइनोका दाजु... [More]

Tags: katha


Posted at: 11:32 AM | 0 Comments | Add Comment | Permalink

चिट्ठा

February 4, 2007

पुण्यमुनी गुभाजु अमेरिका गएको पाँच वर्षभयो । छोरालाई अमेरिका जाने चिट्ठा परेको समाचारले ग्यानमुनी गुभाजुको हर्षो सीमा रहेन । उनलाई आफ्नो शरीरमा पँखेटा पलाएझैँ लाग्यो । उनी आफ्नो थोत्रो घरबाट उडेर सातौँ र्स्वर्गमा पुगे । त्यहाँका गगनचुम्बी महलहरूबाट तलतिर हर्ेदा सयौँ हजार वाहनहरू गुडिरहेको देखेँ । फराकिला र उज्याला सडकका दुवै किनारका बगैँचा र चउरहरूमा अनन्त पुष्प व्याड र बालवृक्षहरू देखेँ । रातको अँध्यारोमा सहरमा झलझलाकार बलेका असङ्ख्य बत्तीहरूले उनका आँखा तिरमिराए । उनलाई र्स्वर्गका राजा इन्द्रले पनि स्पर्धा गर्न... [More]

Tags: katha


Posted at: 11:26 AM | 0 Comments | Add Comment | Permalink

तोडिदैनन् वाचा-कसम

February 4, 2007

जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु
मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु

तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु
सत्य-सत्य म आगो पनि छोइदिन्छु

माया गर्ने आधार विस्वासको स्तम्भलाई
हेरिदिए आजै हजुर मन पनि फोइदिन्छु


तस्वीर मात्रै हेरुँ कति, सम्झनाले पोल्छ छाती
भिजेका यी सिरानीमै त्यसैत्यसै खोइदिन्छु

जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु
मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु

-( इन्दिरा चाम्लिङ)

Tags: gajal


Posted at: 11:22 AM | 0 Comments | Add Comment | Permalink

करी म्यान (तरकारी मान्छे)

January 21, 2007

उत्पातै महँगो "मद्रास ल्याम्ब" मासु खान बस्दा मैले आज एउटा मान्छे भेटेँ। सुरुमा ऊ मबाट तर्कन खोज्यो तर उसको इन्डियन बोसले त्यो थाहा पाइहाल्यो। त्यसले मलाई भन्यो- "ऊ पनि नेपाली नै हो।" स्वाभाविक रूपले म खिस्स हाँसेँ। मैले दरोखरो हात मिलाउन खोजे पनि उसको हात लुलो थियो। उसले बनावटी नम्रता ल्याएर कुरा गर्‍यो- विश्वविद्यालयमा केही नेपाली विद्यार्थीहरू छन्, यहाँ दुईचार नेपाली परिवार बस्छन्। सिङ्गापुरबाट आएका केही ठिटाहरू यहाँ होटलमा काम गर्छन् अचेल। अबैध ढङ्गले आउनेले यहाँ काम पाउन वा गर्न... [More]
Posted at: 07:45 PM | 1 Comment | Add Comment | Permalink

सन्तोष सापकोटा अनि अ-सन्तोष मन

January 14, 2007

                आज धेरै दिन पछी साथी सन्तोष सापकोटा लाई च्याट मा भेटे । निकै खुशी लाग्यो । मन मा परदेश बस्नु को पिडा पोखिएकै छ । धमिलो छ मन,जती आन्सु ले धोए पनि पखालीदैन । केही सुकेका घाउ बल्झिए केही खुशी का त्यान्द्रा सल्बलिए मन भरि  । म नेपाली साथी हरुलाई कमै मात्र भेट्छु, आज उसलाई भेट्दा एक पल्ट फेरी म्याग्दी क्याम्पस म बेलाउती अनि आप खाएको सम्झना रु मल्लियो मन भरि । कछा कोठा मा क्यारेम खेलेको अनि बोगटी... [More]

Tags: mero kura


Posted at: 09:33 PM | 0 Comments | Add Comment | Permalink

wanna know it?

December 10, 2006

12
Posted at: 10:51 PM | 0 Comments | Add Comment | Permalink

Posts by Date

Recent Posts

Archives